पूर्वराष्ट्रपतिको चिन्ता, चुरे जोगाउन किन नबोलेको

ram baran yadavविराटनगर- चुरे क्षेत्रमा बढ्दै गएको अतिक्रमण र विनासप्रति गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चिन्ता गरेका छन् । चुरे संरक्षणमा कसैले चासो नदिँदा तराई क्षेत्रमा पानीको मुहान सुक्दै गएपनि कुनै राजनीतिक दलको ध्यान जान नसकेको उनले बताए ।
शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. यादवले कुनै राजनीतिक दलहरूले चुरे र वन जंगल संरक्षणलाई मुद्धा नबनाउँदा पानीको मुहान सुक्दै गएको बताए । पहिले ५० फिट खन्दा पानी आउँथ्यो । उनले भने, ‘अहिले ४/५ सय फिट खन्दामात्र पानी आउँछ । खै वन जोगाउन प्रति चासो दिएको ।’
संविधान जारी गरे पश्चात गत कार्तिक १२ गते राष्ट्रपतिको पदभार छाडेका डा. यादव अब आफू चुरे जोगाउन अभियानमा क्रियाशिल हुने बताउँछन् । कुनै मधेसी नेताले चुरे बचाउन कुरा नउठाएको उनले बताए ।
प्रस्तावित प्रदेश नं २ का तराई भुभागका वनजंगल छैन । वनजंगल नहुँदा पानीको मुहान सुक्ने र स्थानीय सर्वसाधरणको दैनिकीमा असर गरेपनि जनस्तरमा चेतना फैलाउन कुनै दलले एजेण्डा नबनाएको उनले बताए । ‘ राष्ट्रपतिको पद छाडेको १२ गते पाँच महिना पुग्छ ।’, पूर्वराष्ट्रपति डा यादवले भने, ‘ छ महिना देखी चुरे जोगाउन जनस्तरमा अभियान चलाउँछु ।’

मधेश र पहाडबीचको क्षेत्रमा रहेको चुरे क्षेत्रको संरक्षणमा आफू लाग्दा सामाजिक एकता र सदभावको पनि विकास हुने उनको विश्वास छ ।
पूर्व राष्ट्रपतिको हैसियतले चुरे संरक्षण र वातावरण जोगाउने लागि पर्ने उनले बताए । जनस्तरमा चेतना नहुँदा संरक्षणमा चुनौती थपिएको प्रति चिन्ता व्यक्त गर्दै यादवले आफु जनस्तरमा वातावरण जोगाउन, चुरे संरक्षण गर्न क्रियाशिल रहने उनले बताए ।
पूर्व राष्ट्रपति यादवले मधेशीहरुको अधिकांस माग सम्बोधन भएको बताए । संविधानसभामा हस्ताक्षर नगरेपनि सुशील कोइराला प्रधानमन्त्रीको उमेद्वार उठ्दा भोट हालेर संविधानको स्वीकार गरेको उनले बताए । सात दशकको संघर्षपछि संविधान आएको भन्दै उनले सहमतिका आधारमा मात्र संविधान कार्यन्वयन गर्न सहज हुने बताएका छन् ।