फर्वाडको डेन्टल नर्सिङ कक्षा अब बेजिंग्स्टोक र अल्डर्शटमा

लण्डन- लण्डनस्थित नेपालीद्वारा सञ्चालित कम्पनी फर्वाड एकेडेमिक टिमले डेन्टल नर्सिङ कक्षाहरुलाई युकेभर नै बिस्तार गर्नै उद्धेश्यले लण्डन, फोल्क्स्टोन, मेडस्टोनका सफल कक्षाहरु पछि मार्चको तेस्रो साताबाट बेइजिंग्स्टोक र अल्डरशटमा कक्षाहरु सुरु गर्न लागेको छ ।
banner3[1]

अन्य राष्ट्रका र नेपालीहरु समेत गरी हाल यी सेन्टरहरुमा ६० जनाभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै फर्वाडकी निर्देशक संगीता मरहट्टाले डेन्टल नर्सहरुको उच्च मागका कारण यो कोर्स अन्य ठाउँहरुमा बिस्तार गरिएको र केही महिनामा युकेभर नै पुर्‍याइने बताइन् ।

यही मार्च १९ तारिखदेखि बेजिंग्स्टोक र अप्रिलको पहिलो साताबाट नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डर्शटमा कक्षाहरु सुरु हुँदैछन् । यस कोर्षमा भर्ना भइसकेपछि कम्पनीले विद्यार्थीहरुलाई डेन्टल क्लिनिकहरुमा प्राक्टिकलका लागि तुरुन्त पठाउने र काम गरे बापत उनीहरुले तलब पनि पाउने हुँदा अहिले आएर यसप्रति ठुलो आकर्षण रहेको मरहट्टाले बताइन् ।

हप्तामा एक पटक वा पन्ध्र दिनमा एक पटक कक्षा हुने र आफुले गरिरहेको काम छोड्नु नपर्ने हुंदा पनि यो कोर्स अहिले धेरैको रोजाइमा परेको छ ।

सम्पर्क : फर्वाड एकेडेमिक टिम
०२० ७०१८ ०२२१ वा ०७५८१४६७१८२