जनजाती महिला महासंघ बेलायतको नारी दिवस भव्य [भिडियोसहित]

नेपाल आदिवासी जनजाती महिला महासंघ वेलायतले १०६ औं अन्तराष्ट्रिय नारी दिवस विविध चेतना मुलक कार्यक्रम गरि मनाएको छ ।12833490_10205891539796488_2139112433_n[2]

फोटो पत्रकार मिलन तमु,

गत सनिवार अल्डरसटको किङ्स हलमा समताका लागि सपथ नारा सहित महासंघकी अध्यक्ष कमला थापाको अध्यक्षता कार्यक्रम सुरु गरिएको थियो । मनोविज्ञानकी प्राध्यापिका तथा साहित्यकार सुमाया राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा महिला हक अधिकार र समानताका लागि जीवन आहुती गर्ने ज्ञात अज्ञात महिला सहिदहरु प्रति एक मिनेट मौन धारण समेत गरिएको थियो।

कार्यक्रममा कलाकार तथा साहित्यकार शसि थापा सुव्वाको लेखन तथा निर्देशन रहेको एकाङी नाटक “नारी दिवस र कान्छिहरु” कार्यक्रमको मुख्य आकषण रहेको थियो । तीन भागमा विभाजन गरिएको सो नाटकमा नेपाली समाजमा घटिरहेको यर्थाथ घटनाहरुलाई प्रस्तुत गरिएको थियो भने महिलाले अरुलाई दोष दिनुको सटा आफै जागरुक हुन सन्देस दिएको थियो ।

नाटकमा वसुन्धरा सोग्रेन, विम्ला राई, लारा राई, वविता (ववी) लामा र छेत्रकला राईले अभिनय गरेका थिऐ । कार्यक्रममा महिलालाई हुने व्रेष्ट क्यान्सरको वारेमा नर्स ववी लामाले जानकारी गराउनु भयो भने वेलायतमा महिला माथी हुने हिंसा र त्यसको कारण तथा निदानको वारेमा रजिस्टर सोसीयल र्वकर लक्ष्मी राई लाराले पे्रजेन्टेसन गर्नुभएको थियो ।

त्यसै गरि वेलायतमा नेपाली महिलाहरुको बर्तमान अवस्था र चिन्ताको विषयमा विश्वासदिप तिगेलाले कार्यपत्र पेश गर्नुभएको थियो । सो कार्य पत्रमाथी शसी थापा सुव्वाले टिप्पणी गनुभयो। कार्यक्रममा सहित्यकार सुमाया राईको गीती संग्रह छाम सुनाखरी र कविता संग्रह अव्यक्त अभिव्यक्तीको विमोचन पनि गरीयो । दुई वटा कृतिहरुमाथी साहित्यकार भगवान चाम्लीङले चर्चा गर्नु भयो ।

विशिष्ठ अतिथिको रुपमा वोल्दै नेपाल पत्रकार महासंघका महासचिव उजीर मगरले पत्रकारीताको क्षेत्रमा महिलाहरुको न्युन सहभागिता रहेकाको जीकीर गर्नु भयो । महासचिव विमला लिम्वुले संचालन गनुभएको सो कार्यक्रममा वेलायत छत्याल संघका अध्यक्ष झक छन्त्याल, एन आर एन ए युकेका उपाध्यक्ष शान्ति थापा कुवर, मगर महिला संघकी अध्यक्ष हिमाली राना, नेपाल आदिवासी जनजाती महासंघकमा सस्थापक अध्यक्ष थर्क राना लागायतले सुभकामना मन्तव्य दिनुभयो ।

सो कार्यक्रममा एन आर एन ए युकेकी महिला कोअर्डीनेटर सुसिला राई , तमु धि आमा समुहकी अध्यक्ष पवित्रा गुरुङ, नेपाल आदीवासी जनजाति महासंघका महासचिव कर्म सेर्पा,किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष काजीमान याक्सो, किरात राई यायोख्खाकी प्रमिला लावुङ राई ,खस अन्तराष्ट्रिय समाजका संयोजक टेक वहादुर थापा, सेवारो कलाकार संघकी अध्यक्ष दुर्गा पाङमा ,मागेन्ना चुम्लुङका कल्पना आङवोहाङ, एसियन महिला समीतीकी महासचिव विभा गुरुङ, पत्रकार महासंघ युके साखाका अध्यक्ष नरेस खपाङी मगर , फोनीजका पुर्ण गुरुङ, फोटो पत्रकार मिलन तमु, गीतकार एकेन्द्र गुरुङ,धनेन्द्र लिम्वु,देवी माया पुन, डा सीवी गुरुङ, मुकेन छन्त्याल,सान्तकला राई , सावीत्री राई,पदमा राई, नन्द कुमारी गु्रmङ, शान्ति गुरुङ लगायत विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको वाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष विमला राईले अन्तराष्ट्रिय नारी दिवसको वारेमा चर्चा गर्दै स्वागत मन्तव्या गर्नुभयो भने छवी मायां पुनको संयोजनमा सुरक्षा राना, कोपीला थेगीम, कल्पना लिम्वु, दिव्य राई र रुवीना गुरुङको आकर्षक नृत्य समेत प्रस्तुत गरिएको थियो ।12527830_10205891539636484_634855253_n[1]