दाहालले भने, ‘षडयन्त्र हुँदैछ’

prachanda65काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान अपुरो भएकाले त्यसका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतिशील शिक्षक संगठनले शनिबार संयुक्तरुपमा राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले संविधानलाई पूर्णता दिन संघर्ष जरुरी रहेको बताएका हुन् ।

उनले अहिलेको संविधान कार्यान्वयन नभए कागजको खोस्टोमा परिणत हुने भन्दै केही ठूला दलका नेताले धर्मनिरपेक्षता र संघयीताकोविरुद्ध बोलेकाले संविधानमाथि षड्यन्त्र हुन थालेकाले सजग हुनपनि आग्रह गरे ।

अहिलेको राजनीति सम्झौतामा चलेको भन्दै उनले यसलाई पूरा गर्न क्रान्ति आवश्यक रहेको बताए ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले वर्तमान सरकारले जनताको काम गर्न नसकेको, कालोबजारी मौलाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।