मैले जितेको होइन, जिम्मेवारी पाएको हुँ: सभापति देउवा

sher bahadurकाठमाडौं- नेपाली कांग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीको चुनावबाट आफूले विजय प्राप्त गरेको नभई जिम्मेवारी पाएको बताएका छन् ।

आज नेविसंघ केन्द्रीय समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले पार्टीका सबै भातृ संगठनहरुको निर्बाचन आगामी ६ महिनाभित्र सम्पन्न गराईसक्ने प्रतिबद्धता जनाए ।

उनले मधेस समस्याको समाधान पनि चाँडै गर्ने साथै मुलुकमा लगानी गर्न सक्ने अवस्था बनाइछाड्ने विश्वास व्यक्त गरे । महामन्त्री डा. सशांक कोइरालाले १३ औं महाधिवेशनमार्फत आएको परिणामले पार्टीमा नयाँ तरङ्ग ल्याएको बताए ।

कोइरालाले केन्द्रीय समितिको सम्पूर्ण मतपरिणाम आइसकेपछि पहिलो बैठक डाकेर नेवि संघको अधिवेशनलाई पहिलो एजेन्डा बनाउने बताए ।