प्रचण्डलाई रिझाउन नसक्दा महिना दिनमै सिडियोको सरुवा

prachanda65काठमाडौं- करिब डेढ महिनाअघि गारखाको प्रमुख जिल्ला अधिकारी बनेर आएका बलदेव गौतमको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनका सहयोगीलाई रिझाउन नसक्दा सरुवा भएको छ ।

गौतम माघ ६ गते प्रमुख जिल्ला अधिकारी भएर गोरखा गएका थिए । गोरखामा सहसचिवलाई सिडिओ बनाउने निर्णयसँगै गोरखा गएका गौतमलाई गृहमन्त्रालयले सप्तरी पुर्‍याएको छ ।

स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहाल, उनका सहयोगी र कार्यकर्तालाई रिझाउन नसक्दा उनको यटि छोटो समयमै सरुवा भएको हो ।

फागुन १५ गते कार्यकर्ता प्रशिक्षणक्रममा गोरखा गएका दाहालले जिल्लाका प्रशासकले आफूलाई वेवास्ता गरेको गुनासो गर्दै यसको परिणाम केहि दिनभित्रै देखिने बताएका थिए ।