श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति महेन्दा राजापाक्षेलाई उनकै सरकारका पूर्वमन्त्री मैथ्रिपाला सिरीसेनाले कडा टक्कर दिँदैछन् । यो निर्वाचनलाई श्रीलंकामा गृहयुद्ध अन्त्यपछिको निकै महत्वपूर्ण राजनीतिक घटनाको रुपमा हेरिएको छ । झण्डै तीन दशक लामो तमिल विद्रोहलाई सन् २००९ मा परास्त गरेपछि राष्ट्रपति राजापाक्षेको लोकप्रियता निकै बढेको थियो ।
तर पछिल्ला दिनमा आप्mना नातेदार र निकटवर्तीलाई उच्च पदमा पु¥याएको र देशलाई फेमिली बिजनेश जसरी चलाउन खोजेको आरोप उनीमाथि लागेको छ । सन् २००५ मा पहिलोपटक श्रीलंकाका राष्ट्रपति बनेका राजापाक्षेले तमिल विद्रोहीलाई सैन्य बलमा पराजित गरेका थिए । तर सेना प्रमुख सरथ फोन्सेकासँग सम्बन्ध बिग्रिएपछि उनले फोन्सेकालाई पदबाट हटाएका थिए ।
२०१० मा भएको राष्ट्रपति निर्वाचनमा फोन्सेकालाई हराउँदै राजापाक्षे दोस्रो पटक श्रीलंकाका राष्ट्रपति बनेका थिए । राष्ट्रपति चुनिएको केही समयमै राजापाक्षेले फोन्सेकालाई पदमा रहँदा शक्तिको दुरुपयोग गरी सरकारलाई युद्ध अपराधमा सामेल गराएको आरोपमा पक्राउ गरेपछि उनको आलोचना बढेको थियो ।
यसपटक पनि आप्mनो लोकप्रियता रहँदै निर्वाचन गरिसक्न राजापाक्षेले निर्धारित मितिभन्दा दुई वर्ष अगाडी चुनाव घोषणा गरेका हुन् । तर यसपटक राजापाक्षेलाई अघिल्ला दुई संस्करणका निर्वाचनभन्दा कठिन हुने विष्लेषण गरिएको छ ।
राष्ट्रपति राजापाक्षेलाई उनकै मन्त्रीको टक्कर






