लण्डन । बेलायतमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी बालजंग अर्याल ‘मेन अफ द मिडिया’ अवार्ड वाट सम्मानित भएका छन् । बेलायतबाट प्रशारण भइरहेको गोर्खा टेलिभिजन अन्र्तगत नमस्ते युरोप दम्पति कार्यक्रमको गतसाता सम्पन्न सयौं श्रखला उत्सव कार्यक्रममा अर्याललाई सम्मान गरिएको हो । 
प्रवासमा रहेका नेपालीहरुको पहिलो स्याटेलाईट टेलिभिजन सञ्चालनमा महत्वपुर्ण भुमिका खेलेका अर्याललाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नेपाली राजदुत तेज वहादुर क्षेत्रीले सम्मान गरेका हुन । गुल्मी स्थायी घर भएका अर्याल लामो समयदेखि रेष्टुरेष्ट तथा रेमिट्यान्स व्यवसायमा संलग्न छन् ।
गुल्मी जिल्ला समाज युकेका सल्लाहकार अर्याल बेलायतमा रहेका नेपालीहरुको पहलमा स्थापित पशुपतिनाथ मन्दिर ब्यवस्थापन समितिका स्थापनाकालमा ट्रष्टी र अहिलेका अध्यक्ष पनि हुन् । गैर आवासीय नेपाली संघ बेलायतका सल्लाहकार समेत रहेका अर्याल शान्त समाजसेवीको रुपमा चिनिन्छिन् ।उनले नेपाली टेलिभिजन मार्फत बेलायतमा नेपाली मिडिया क्षेत्रलाई फराकिलो बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको गोर्खा टेलिभिजनले जनाएको छ ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै अर्यालले नेपाली मिडिया क्षेत्रमा आफुले दिएको योगदान स्मरण गराइदिएकोमा गोर्खा टेलिभिजनप्रति आभार प्रकट गरेका थिए । उनले बेलायतमा मिडिया सञ्चालन गर्नु चुनौतिपुर्ण रहेको बताउंदै चुनौति सामना गरी एकसय श्रृंखलाको यस कार्यक्रममा सहभागि हुन पाउंदा आफुलाई खुशी लागेको लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा जानकारी दिनुभयो । ![12784439_10205766410948345_1794742621_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12784439_10205766410948345_1794742621_n1.jpg)







