जनसम्पर्क समिति बेलायतले छान्यो ७ महाधिवेशन प्रतिनिधि, को को भए (सूचीसहित)

Npcc 047 लन्डन- नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतले आसन्न १३ औं महाधिवेशनका लागि ७ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

आइतबार लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा सम्पन्न समितिको विशेष अधिवेशनले विज्ञान प्रसाईं, विकास देवकोटा, महेश दाहाल, कुमारी गुरुङ, शिव भण्डारी, किरण राई र युवराज सिंहलाई महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

अधिवेशनका लागि यसअघि नै डा सम्पुर्णानन्द ढुंगानाको संयोजकत्वमा केशव भण्डारी र वेद पराजुली सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।

दुई समूहमा विभाजित बेलायत कांग्रेसको एकताको अधिवेशन गराउन पार्टी केन्द्रीय समितिले विज्ञान प्रसाईंलाई जिम्मा दिएको थियो । प्रसाईंलाई दिएको अख्तियारीमा असहमति राख्दै आएको लोक गुरुङ समूह अधिवेशनमा सहभागी भएन । प्रसाईंले भने बहुसंख्यक नेता कार्यकर्तालाई सहभागी गराएर अधिवेशन आयोजना गरिएको जानकारी दिनुभयो ।

गुरुङको समूहका उपाध्यक्षहरु कुमारी गुरुङ, शान्ताविनोद लामिछाने र राज पाठक, महामन्त्री विश्व घिमिरे तथा सल्लाहकारहरु महेश दाहाल, चिरञ्जिवी ढकालसहित ठूलो हिस्साको सहभागिता रहेका कारण यो अधिवेसनमा बेलायत कांग्रेसका सबै पक्ष समेटिएको प्रसाईंको दाबी छ। अहिले क्रियाशिल रहेका बेलायतस्थित विभिन्न ५ क्षेत्रीय समितिमध्ये ४ वटा समितिका सभापतिसमेत सहभागी भएकाले एकता अधिवेशन सफल भएको उनको विश्वास छ ।

अधिवेशनकै क्रममा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. सुशील कोइरालाको १३ औं पूण्यतिथिमा लन्डनमा पनि श्रद्धाञ्जलि सभा भएको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा लन्डन नर्थहोल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा लन्डनस्थित कांग्रेसका नेता, कार्यकर्ता एवं नेपाली शुभेच्छुकहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कार्यक्रममा जनसम्पर्क समिति बेलायतका सल्लाहकार तथा अधिवेशन निर्वाचन समितिका संयोजक डा. सम्पूणर्ानन्द ढुंगाना, सल्लाहकार चिरञ्जीवी ढकाल, रणवीर योङहाङ, महेश दाहाल, नरकुमारी लिम्बू, श्रीमती बिना प्रसाईं, केशव भण्डारी, सूर्य नेम्वाङलगायतले कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।कार्यक्रमको संयोजन नेपाली कांग्रेस विदेश विभागका सदस्य विज्ञान प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महाधिवेशन तयारी समितिका संयोजक शान्तविनोद लामिछानेले गर्नुभएको थियो । 12733380_1563719230615458_2919060685860293195_n[1]