बेलायतलाई ईयूमै राख्ने प्याकेज सहमति, जनमत संग्रह विहीबार

devidलन्डन- युरोपेली नेताहरु २८ मुलुक सदस्य रहेको युरोपेली युनियन (ईयू) मा बेलायतलाई राखिराख्ने उद्देश्यका साथ प्याकेज सहमतिमा सर्वसम्मत भएका छन् ।

ब्रसेल्समा ईयूको विस्तारित बैठकपछि युरोपेली काउन्सिलका अध्यक्ष डोनल्ड टुस्कले सर्वसम्मति जुटेको घोषणा गरे ।

घोषणाको केही समयपछि पत्रकार सम्मेलनमा बेलायती प्रधानमन्त्री डेबिड क्यामरनले प्रस्तावित जनमत संग्रहमा अब बेलायती जनतालेले बेलायत ईयूमै रहिरहने पक्षमा मतदान गर्नुपर्ने बताए । उनले उक्त सहमतिले आफ्नो देशलाई विशेष हैसियत दिएको भन्दै ईयूमा एकताबद्ध रहन आफू मन मस्तिष्कबाटै लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

जनमत संग्रह विहीबार

ईयूमैमा रहने वा नरहने भन्ने बारे निर्णय गर्न विहीबार वेलायतमा जनमत संग्रह हुने भएको छ ।

प्रधानमन्त्री डेभिड क्यामरुनले ईयूद्वारा सर्वसम्मत प्याकेज सहमतिबारे मन्त्रिपरिषदलाई जानकारी गराएपछि शनिबार जनमत संग्रहको मीति घोषणा गरेका हुन् । उनले आफना मन्त्रीहरुलाई सुधारिएको इयुमै रहनका लागि सुझाव दिएको बताए । गृहमन्त्री टेरेसा मेले उनलाई समर्थन गरेकी छिन ।

तर कानुन मन्त्री माइकल गोभलगायत चाहि बाहिरिने भन्ने अभियानमा लाग्ने भएका छन् । यो समूहले लण्डन मेयर बोरिस जोनसन पनि आफ्नै क्याम्पमा आउने अपेक्षा गरेको छ । तर बोरिसले कुनै घोषणा गरिसकेका छैनन् ।