कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नं ३ बडुवाल टोलमा गएराति भारतीय हात्तीको हुलले पाँच घर भत्काएको छ । बडुवाल टोलका जयकिशन थापा, नरबहादुर नाथ, चन्द्रबहादुर लोहार, सीता सुनार र करन दमाईको कच्ची घर भत्काउनुका साथै बीसौं बिघामा लगाइएको गहुँ, उखु र तरकारी बाली पनि हात्तीले नष्ट गरेको प्रहरीले जनाएको छ ।
मध्य रातमा आएको २०-२५ वटा हात्तीलाई स्थानीयले होहल्ला र आगो बालेर धपाउन प्रयास गरेपनि अटेर गरेर मान्छे भएतिरै आएको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी नायव निरीक्षक महेन्द्रसिंह थापाले बताए । भारतीय सीमामा जोडिएको बडुवाल टोलमा लामो समयदेखि हात्तीले आतंक मच्चाएपनि नागरिकको जिउधन र बालिनाली सुरक्षा गर्न सरकारले बेवास्ता गरेको भन्दै पीडितहरु आक्रोशित भएका छन् ।
भारतीय हात्तीले घर भत्कायो






