साग म्याराथनमा नेपाल पाचौँ मात्र

marathonगुवाहाटी (भारत)- जारी १२ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पुरुष तथा महिला दुबै म्याराथनमा नेपाल पाचौं भएको छ ।

पुरुष म्याराथनमा नेपालका भूमिराज राई पाचौं भए । उनले निर्धारित दुरी दुई घण्टा ३२ मिनेट २१ सेकेन्डमा पार गर्दै पाचौँ भएका हुन् । त्यस्तै, नेपालकै खिमबहादुर खत्रीले दुई घण्टा ३९ मिनेट ५६ सेकेन्डमा पार गर्दै छैटौँ भए ।

सो स्पर्धामा भारतका नितेन्दर सिंह राउतले दुई घण्टा १५ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । श्रीलङ्काका इन्द्रजित कुर्रेले दुई घण्टा १५ मिनेट १९ सेकेन्डमा सो दुरी पार गर्दै रजत र भारतकै खेठारामले दुई घण्टा २१ मिनेट १४ सेकेण्डमा उक्त दुरी पार गर्दै कास्य जिते ।

यसैबीच, महिला म्याराथनमा नेपालकी स्वरुपा खड्का पाचौँ भएकी हुन् । उनले निर्धारित दुरी तीन घण्टा १२ मिनेट १ सेकेन्डमा पुरा गरिन् ।