सुत्नेबेला भूकम्पको त्रास, फेरि गयो अर्को झट्का

ekकाठमाडौं- वैशाखको भूकम्पको पीडा कम नहुँदै फेरि रात परेपछि पराकम्पनले तर्साउन थालेको छ ।

५ दिनअघि राति १० बजेर ५ मिनेटमा गएको भूकम्पले तर्साउन नपाउँदै बुधबार राति अर्को झड्का गएको छ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन गएको हो। बुधवार राति १० बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पको पराम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

गत वैशाख १२ मा गोरखालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन।

अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय २८ वटा पराम्पन गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ।