भारतको इच्छाबमोजिम सरकारले सम्झौता नगरेकाले नाकाबन्दी हटेन : उपप्रधानमन्त्री मैनाली

cp-mainalifinalइलाम- उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा उहाँले अर्को मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राख्नुभयो ।

“वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि किसिमको सम्झौता गरेर झुक्दैन, बरू नेपाली जनता नाकाबन्दीको डटेर सामाना गर्न तयार छन्”– उहाँले भन्नुभभयो । उहाँले नाकाबन्दीविरूद्ध भारतीय जनता र उच्च तहमा समेत यसको विरोध हुन थालेपछि नाकाबन्दी लामो समय नटिक्ने जिकिर गर्नुभयो ।

सीमाङ्कन र नामाङ्कनका विषयमा उठेका समस्या समाधान गर्न राजनीतिक दलबीच छलफल जारी रहेकाले सबैको सहमतिमा राष्ट्रलाई हित हुने खालको निर्णय आउने उहाँको भनाइ थियो ।