सिद्धबाबामा गुडिरहेकाे जीप ढु‌ंगाले च्याँप्दा गुल्मीका जीपधनी खनालको मृत्यु

accident

बुटवल, माघ १२ । पाल्पाकाे दाेभान नजिकै सिद्धबाबा भिरबाट खसेको ढुंगाले लागेर जीपधनिकाे ज्यान गएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल– पाल्पा सडक खण्डको दाेभानमा बुटवलबाट सामान लिएर गुल्मी जिल्लाकाे सदरमूकाम तम्घास जाँदै गरेको लु १ च ६३९५ नम्बरको जीपमा ढ‌ुंगा लागेकाे हाे ।

मृत्यु हुनेमा जीपधनी गुल्मी दिगाम गाबिस ६ का २७ वर्षीय नारायण खनाल रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । घाइते खनालको उपचारका क्रममा बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको हो ।

जीपमा रहेका अन्य २ जना भने सकुसल रहेका छन् । केहिबेर अबरुद्ध शडक अहिले सुचारु भएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार अाशिक पाेखरेलले नागरिक आवाजलाइ बताए । ढ‌ुंगा लागेकाे जीप क्षतिग्रस्त भएकाे छ । श्रोत :गुल्मी न्युज डट कम