काठमाडौं- एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिमा आबद्ध केही स्वतन्त्र तथा पूर्वराजनीतिकर्मीको परिचय गराउने भएका छन् ।
काठमाडौंमा आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर भट्टराईले नयाँ शक्तिमा औपचारिकरुपमा आबद्ध हुनेहरुलाई परिचय गराउने कार्यक्रम छ । भट्टराई निकट स्रोतका अनुसार पूर्वसचिव रामेश्वर खनाल, पूर्वसांसद केशवमान शाक्य, पासाङ शेर्पा नयाँ शक्तिमा देखिनेछन् । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा आबद्ध हुने तयारी गरेकी छन् ।
यसैगरी पूर्वमाओवादी नेता एवं विश्लेषक मुमाराम खनाल, पूर्वएआईजी गणेश राई, कलाकार करिश्मा मानन्धर, अशोक शर्मा तथा पूर्वका एनजीओकर्मी केशव दाहाल पनि अभियानमा आबद्ध हुनेछन् ।






