काठमाडौँ- गोरखा भूकम्प गएको १० महिना लाग्दासमेत पराकम्पन आउने क्रम रोकिएको छैन ।
दोलखालाई केन्द्रबिन्दु बनाएर आज साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केल माथिका ४२५ वटा परकम्प गइसकेका छन् ।






