नीतिका भइन् मिस कलेज

ld; O{sn]h @)!% ljh]tfx? l;hg ldl8ofåf/f z'qmaf/ /fli6«o gfr3/df cfof]lht k|ltof]lutfdf ld; O{sn]h @)!% sf] pkflw k|fKt ug]{df k|yd gLltsf sdf{rfo{ aLrdf, ‘km:6 /g/ ck’ k|frL cof{n / ‘;]s]08 /g/ ck’ k|ltIff aflgofF . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौँ- ‘मिस कलेज २०१५’ को उपाधि नीतिका कर्माचार्यले जित्नुभएको छ ।

सिजन मिडियाद्वारा राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा कर्माचार्यले १६ प्रतिस्पर्धीलाई पछि पार्दै छैटाँै संस्करणको उपाधि जित्नुभएको हो ।

त्यस्तै प्रतियोगिताको ‘फस्ट रनर अप’ प्राची अर्याल तथा ‘सेकेण्ड रनर अप’ प्रतिक्षा बानियाँ हुनुभयो ।

प्रतियोगिताको उपाधि विजेतालाई महिन्द्राको स्कुटर, साउथ वेस्टन स्टेट, क्याम्पियनलगायतका कलेजमा छात्रबृत्तिसँगै विभिन्न पुरस्कार प्रदान गरियो । त्यस्तै, ‘फस्ट रनर अप’ र ‘सेकेन्ड रनर अप’ले मोबाइल फोन, छात्रबृत्तिलगायतका विभिन्न पुरस्कार हात पारे । त्यसैगरी, सबै प्रतिस्पर्धीलाई एक÷एक विधाको उपाधि प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सौदर्य प्रतियोगितामा सुन्दरतासँगै व्यक्तित्व, शिक्षा, क्षमताको मुल्याङकन हुने भएकाले यसबाट सबैलाई आफ्नो क्षमता अभिबृद्धि र कार्यकुशलता प्रर्दशन गर्न अवसर मिल्ने बताउनुभयो ।

सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले कलेजस्तरबाटै विद्यार्थीको व्यक्तित्व विकास गरेर देश र समाज निर्माणमा सहयोग पु¥याउने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।