मोरङ- भारतको फरिदावादमा हुने विश्वकप कबड्डीमा चौथो पटक सहभागी हुन दुई प्रशिक्षकसहित १३ जनाको नेपाली महिला टोली भारत प्रस्थान गरेको छ ।
मङ्गलबार बेलुका एक कार्यक्रमबीच सांसद अमृत अर्याल, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलगायतले टोलीको बिदाइ गर्नुभयो ।
माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगितामा नेपाल, भारत, चीन, बङ्गलादेश, अमेरिकालगायत ३७ देशका खेलाडी सहभागी हुनेछन् ।
अघिल्लो वर्ष भारतमै भएको विश्वकप कबड्डीमा नेपालले कास्यपदक प्राप्त गरेको थियो ।






