इजरायली नागरिक चरेससहित विमानस्थलबाट पक्राउ

airport
काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायली नागरिक नोअम इनबारलाई लागूऔषध चरेस ४८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
राहदानी नम्बर २२३१७१५२ बाहक ५९ वर्षीय इनबारले नोटबुकको कभरभित्र राखी कम्मरमा लुकाइछिपाइ लैजान लागेको अवस्थामा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 उनी कतार एअरको उडानमा काठमाडौँबाट जेनेभा हुँदै दोहा जान लागेको अनुसन्धानको क्रममा खुलेको छ