मानव तस्करीको आशंकामा विमानस्थलबाट पाँच युवती अध्यागमनको नियन्त्रणमा

human-trafficking1काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले सेटिङ मिलाएर नयाँ दिल्ली हुँदै कोलम्बो उड्न लागेका पाँच युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान ८ बजेको नेपाल वायुसेवा निगमको आरए–२०५ नम्बरको उडानबाट उनीहरू जान लागेका थिए । उनीहरू अध्यागमनमा नागरिकता र दिल्लीसम्मको मात्र बोर्डिङ पास देखाएर कोलम्बो उड्न लागेका थिए । त्यसमध्ये एक युवतीले कोलम्बोसम्मकै बोर्डिङ पास देखाएपछि अध्यागमन अधिकृतले शंका लागी थप सोधपुछ गरेका थिए । त्यस क्रममा अरू सबैजनासँग पासपोर्ट र कोलम्बोसम्मकै बोर्डिङ पास भेटिएको थियो ।

भारत जानका लागि नेपालीहरुले पासपोर्ट बोक्नुपर्दैन । श्रीलंकामा अन अराइभल भिसाको व्यवस्था भएकाले नेपालमा भिसा पनि जाँच गर्नुपर्दैन । त्यसैले श्रीलंकालाई ट्रान्जिट बनाएर मानव तस्करीका अन्य गन्तव्यहरूमा पुर्‍याउने गिरोह अहिले सक्रिय छन् ।