काठमाडौं- शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले बैङ्ककस्थित समितिभेज अस्पतालमा उपचार्थ पूर्व अर्थमन्त्री वर्षमान पुनलाई भेटि स्वास्थ्य स्थिति बारेमा जानकारी लिएका छन् ।
मन्त्री ढकालले प्रधानमन्त्री र सरकारको तर्फबाट पूर्व मन्त्री पुनको स्वास्थ्य लाभको कामना गर्नुभयो । भेटमा एकीकृत माओबादीका नेता समेत रहेका पुनले नेपालको जारी राजनैतिक गतिरोध र आपूर्ति ब्यबस्थामा भयको असहजता बारेमा चिन्ता ब्यक्त गर्दै सरकार र राजनैतिक दलहरु शीघ्र समस्याको निवारण गर्न सफल हुने बिश्वाश ब्यक्त गर्नु भयको भेटमा सहभागी नेपाल परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।






