
काठमाडौं- महाधिवेशनको मिति नजिकिँदै गर्दा सुदूरपश्चिमको भ्रमणका लागि डडेल्धुरा पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफू पार्टीको कुनै उच्च पदमा नबस्ने तर पार्टीभित्र विद्यमान रहेको साठी-चालिसको भागबन्डाको अन्त्य गर्नतिर लाग्ने बताएका छन् ।
आफूभित्रकै नेतृत्वको होडबाजीले विगतका चुनावमा समेत थप १५-२० जित्ने सिट पनि गुमाउनु परेकाले गुट उपगुटबाट माथि उठेर सवल नेतृत्वको चयन गर्नतिर सबैले लाग्नुपर्ने र आफू पनि त्यसैमा लागिपरेको नेता कोइरालाले प्रस्ट्याए ।
नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले गुट उपगुटका कारण पार्टी धमिलिँदै गएकाले गुटको राजनीति अन्त्य गर्नुपर्ने बेला आएको बताए ।






