एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गरेर चर्चामा आएका हुन्, भीमसेनदास प्रधान । नेपाली कांग्रेसका काठमाडौंका प्रभावशाली अगुवा मानिने प्रधान अहिले संविधान निर्माणमा जुटिरहेका छन् । काठमाडौं क्षेत्र नंं. ६ का सभासद प्रधानसँग लण्डननेपाल न्युजले गरेको कुराकानी:
के मा व्यस्त हुनुहुन्छ आजकल ?
आज संविधानसभा बैठक छु । त्यस बाहेक म नेपाली कांग्रेसको जिल्ला सभापतिका हैशियतले आफ्नै क्षेत्रमा ईकाई बैठक बसाल्ने र विभिन्न विकास निर्माणका कामहरु पनि छलफल चलाइरहेको छु ।
निर्वाचित भइसकेपछि कति पटक आफ्नो क्षेत्रमा जानुभयो ?
म एकदमै क्षेत्रमै खटिरहेको छु । एकदमै ब्यापक कार्यक्रमहरु भइरहेका छन् । सभासदले पाउने १० लाख पैसालाई पनि ईकाई सभापतिहरु मार्फत विकास निर्माणका योजनाहरुका लागि विनियोजन गर्ने काम भइरहेको छ । मेरो क्षेत्रमा ७ वटा गाउँ र ३ वटा बजार छन् । त्यसैले अहिले म गाउँमै बढी फोकस भइरहेको छु । खासगरी, तामाङ समुदाय भएको साङलालाई विशेष प्राथमिकता राखेर कामहरु अगाडि बढाइरहेको छु ।
जनताले के भनिरहेका छन् ?
जनताहरु संविधानस ल्याउनु पर्छ भन्ने कुरामा एकदमै चासो दिइरहेका छन् । यस बाहेक विकास निर्माणका कुराहरुमा पनि उहाँहरु चासो छ । त्यसैले हामीले विकासमा जोड दिदैं ५ करोड निर्वाचन क्षेत्रलाई दिन माग गरेका हौं । दश लाखले मात्र केही विकास निर्माणका कामहरु सम्पन्न गर्न सकिदैंन् । तर, सरकारले १ करोड दिने निर्णय गरेको छ । यो पनि सकारात्मक छ ।
अहिले फष्ट आवरमा मात्र संविधानसभामा सभासदहरुको उपस्थिती हुन्छ । किनभने, त्यसपछि विकास निर्माणका योजनाहरु कार्यान्वयनका लागि मन्त्रालय र मन्त्रीहरुमा सभासदहरुले धाउन जानुपर्छ । यसले संविधानसभाका काम र छलफलहरुलाई प्रभावित पारिरहेको छ । त्यसैले पनि हामीले निर्वाचन क्षेत्रमा ५ करोड रुपैया दिनुपर्छ भनेर माग गरेका हौं । मन्त्रीहरुसँग राम्रो सम्बन्ध भएका र उनीहरुको क्षेत्रले मात्र अर्बौ बजेट पाउँछ । मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रमा करोडौं खर्च गर्छन् । त्यो सबैं निर्वाचन क्षेत्रमा समानुपातिक रुपमा खर्च गरिनुपर्छ भन्ने हाम्रो माग हो । मन्त्रीहरु राष्ट्रिय नेता बन्नै सकेनन् । मन्त्रीहरुको क्षेत्रमा टन्नैं बजेट लिने हामीले नपाउने भइरहेको छ । त्यसैले सबै क्षेत्रको विकास समानुपातिक रुपमा हुन सकेनन् । खानेपानी, ढल र पार्कहरु बन्न सकेनन् ।
तपाइँको निर्वाचन क्षेत्रका समस्याहरु समाधान गर्नका लागि के प्रयत्न गरिरहनु भएको छ ?
सबभन्दा पहिलो मेरो क्षेत्रको ग्रामीण सड्क राम्रो छैन् । खासगरी नुवाकोटसँग जोड्ने बाटो राम्रो छैन् । बलौटो माटो भएकाले पहिरो जाने भइरहन्छ । खानेपानी समस्या पनि मेरो निर्वाचन क्षेत्रमा छ । मुहान उतै पनि त्यहाँको जनताले खानेपानी पाएका छैन् । खानेपानी सबै काठमाडौं आउँछ । त्यहाँको बासिन्दाको खानेपानी समस्या समाधानका लागि पनि उचित पहल कदमीहरु जारी राखेको छु ।
संविधानसभामा तपाइँका एजेण्डाहरु के छन ?
संविधानसभाले बहुपहिचानका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्दछ । सामथ्र्य र पहिचानका आधारमा नै संघीयता बनाउने हो । नाममा पनि विवाद झिकिरहेका छन् । सबैलाई मान्य हुने नामका आधारमा राज्यको नामाकरण गर्नुपर्दछ । द्धन्द्ध, झगडा र विवाद हुने किसिमले राज्यको पुनर्संरचना गर्नु हुँदैंन । त्यसैले सामथ्र्य र पहिचानका आधारमा सर्वमान्य आधारमा राज्यको पुनर्संचना गर्नुपर्दछ । हाम्रो पार्टीले उठाएको एजेण्डा पनि यही मैले पनि यसकै पक्षमा आफ्नो मत जाहेर गर्छु ।
एक निर्वाचन क्षेत्रलाई एक करोड दिने सरकारको निर्णय छ । अब कसरी परिचालन गर्नुहुन्छ त्यो रकम ?
त्यसको परिचालन एकदम प्रभावकारी हुन्छ । त्यो पैसा अझै अपुग हुन्छ । एउटा बाटोको योजना मात्र पूरा गर्न पनि ५० लाख खर्चिनुपर्छ । काठमाडौं देशको मुख्य ठाउँ भएकाले अहिले यसलाई झन स्वच्छ, सुन्दर र हराभरा बनाउन जरुरी छ । अन्तर्राष्ट्रिय रुपमा राम्रो सन्देश दिनका लागि पनि काठमाडौं हराभरा स्वच्छ बनाउनुपर्छ ।
त्यसैले मैले काठमाडौं, ललितपुर र भक्तपुरका सबै सभासदहरुलाई एकीकृत गरेको छ । उपत्यकाका तीनवटै पार्टीका सभासदहरु एक ठाउँमा आएर अहिले एकीकृत काठमाडौं विकास कार्यक्रम अगाडि बढाइरहेका छौं ।
त्यो पैसा भ्रष्टाचार हुने आशंका पनि ब्याप्त छन नि ?
त्यो रकम दुरुपयोग हुनै सक्दैंन् । हामीले त निर्वाचन क्षेत्रबाट एक करोड बराबरको योजना दिन्छौं । रकम जिल्ला विकास मार्फत दिने भएकाले यसमा भ्रष्टाचार सम्भावना रहँदैंन । हाम्रो काम त १ करोड बराबरको योजना दिने मात्र हो । यसअघि, हामीले पाँच करोड बराबरको योजनाको माग गरेका हौं । पैसाको होइन् ।
अहिलेको संविधानसभाको काम कारवाहीलाई कसरी नियालिरहनु भएको छ ?
अहिले सभामुख पनि एकदमै सिनसियर भएर लागिरहनुभएको छ । विगतको तुलनामा राम्रोसँग काम भइरहेको छ । सभामुखले पनि बारम्बार समयमा काम गर्न आग्रह गर्नुभएको छ । विवादित विषयहरु विषयगत समितिबाट छलफल भएर मस्यौदा समितिमा गइसकेका छन् । एमाले र कांग्रेसको सरकार बनेको संविधानभासमा कामहरु थप सहज र सरल भएका छन् ।






