काठमाडौं- उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले देशलाई सङ्कट परेका बेला निजी क्षेत्रले सरकारलाई सहयोग नगरेको गुनासो गरेका छन ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘द्विपक्षीय आर्थिक सम्बन्ध सहजीकरणका लागि आर्थिक कूटनीतिक भूमिका’ विषयक अन्तरक्रियामा उनले अप्फ्ठ्यारो परेको समयमा सरकारलाई सहयोग नगरेको देखिएको बताए ।
‘२०४५ सालको नाकाबन्दीमा निजी क्षेत्रबाट सहयोग भए पनि अहिले सरकारलाई उद्योगले सहयोग गरेनन्, सरकारलाई शिथिल तुल्याउने ढङ्गबाट साँचो बुझाइदिन्छु भने,’ उनको भनाइ थियो, ‘जनताको तर्फबाट भने सरकारलाई सहयोग भएको छ ।’






