
काठमाडौं- न्यायापरिषद्ले पहिलो पटक महिला सदस्य पाएको छ ।
२१ बर्षका इतिहासमा परिषदले मंगलबारदेखि पहिलो पटक महिला सदस्य पाएको छ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण हिजोदेखि अवकाश पाएपछि परिषदमा वरिष्ठ न्यायाधीश सुशीला कार्की सदस्य भएकी छन् ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश न्यायपरिषदमा सदस्य हुने व्यवस्था छ । त्यसअनुसार अहिलेसम्म कोही पनि परिषद् सदस्य भएका थिएनन् । न्यायाधीश कार्की वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल चैत अन्तिममा सकिएसँगै प्रधानन्यायाधीश पनि बन्दै छिन् ।
प्रधानन्यायाधीश, संघीय, कानून तथा न्यायमन्त्री र सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश न्यायपरिषद्को सदस्यको रूपमा रहने व्यवस्था छ । त्यस्तै प्रधानमन्त्री र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने अन्य दुई जना कानूनविद् र अधिवक्ता पनि सदस्य हुने व्यवस्था छ ।






