बृद्धा महिलालाई बेलायतले यस कारण गर्दैछ डिपोर्ट (भिडियो सहित)

south african

लण्डन । बेलायतमा बस्दै आएकी एक ९२ वर्षीया साउथ अफ्रिकन बृद्धालाई बेलायत सरकारले डिपोर्ट गर्ने तयारी गरेको छ ।

बृद्धा मिर्टल कोथिलले दिएको भिसा आवेदन अस्वीकृत भएपछि उनी डिपोर्ट हुने भएकी हुन । मुटुरोग र एउटा आंखाले देख्न नसक्ने अवस्था देखाउंदै कोथिलले भिसाको लागि आवेदन दिएकी थिइन । तर उनको आवेदन अस्वीकृत हुनुका साथै उनलाई तत्काल बेलायत छोडेर आफनै देश फर्किन आदेशसहित होम अफिसले पत्र पठाएको छ ।

कोथिलको रोगहरुका लागि साउथ अफ्रिकामा उपचार सम्भव रहेको र उनको स्वास्थ्य अवस्था नाजुक नभएको जस्ता कारण देखाएर भिसा आवेदन अस्वीकृत गरिएको छ ।

कोथिल आफ्नी छोरी म्यारी वील्सकै स्पोन्सरमा सन २०१४ को फेब्र्ुअरीमा भिजिट भिसामा बेलायत आएकी थिइन ।

तर उनकी छोरी म्यारीले भने निकै अशक्त, रोगी र हेरचाहको आवश्यकतामा रहेकी आफनी आमालाई कुनै पनि हालतमा साउथ अफ्रिका फर्काउन नदिने दृढता व्यक्त गरेकी छिन ।

भिडियो हेर्नुहोस :

https://youtu.be/Idmu4sZm7jU