‘सीमाङ्कनको टुङ्गो नलगाए झगडाको बीउ’

baburam bhattarai

काठमाडौँ- नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले तराई–मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आफ्नै निवास सानेपामा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले विगतको सहमतिका आधारमा सीमाङ्कनका विषय अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो – “सीमाङ्कनको मुद्दा तत्काल टुङ्गाएर जाँदा नै राम्रो हुन्छ, झगडा र आगोको बीउले सानो भए पनि पछि विकराल रुप लिने भएकाले अहिले नै टुङ्ग्याउनु राम्रो हुन्छ, त्यसले दिगो शान्ति कायम गर्न सकिन्छ ।”

उहाँले संविधानसभा, राज्य पुनःसंरचना समिति र अन्तरिम संविधान बमोजिमको राज्य पुनःसंरचना आयोगका सिफारिसका आधारमा प्रमुख दलबीच सहमतिको गरेर समस्याको समाधान गर्न सकिने स्पष्ट पार्नुभयो ।