पोखरामा एकै परिवारको ४ जनाको निसास्सिएर मृत्यु

death bodyपोखरा- पोखरा- १४ चाउथेस्थित प्रगति टोलमा मंगलबार राति कोठामा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

कोठामा आगो सल्केर निस्केको धुँवाले निसास्सिएर मृत्यु हुनेमा घरधनी सीता थाल राना, उनको १२ वर्षीय छोरा सीमन्त राना, २२ वर्षीया दिदीको छोरी बसन्ती राना र सीताको आमा ७५ वर्षीया गंगाकुमारी थालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गुजुसिद्धि बज्राचार्यले बताएका छन् ।

२ तले घरको माथिल्लो तलको एउटा मात्रै कोठामा आगो लागेको छ ।