तत्काल सरकार परिवर्तन हुँदैनः दाहाल

prachandaविराटनगर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।

विराटनगरमा एक कार्यक्रममा भाग लिन आएका दाहालले विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै कसैले माग राख्दैमा सरकार परिवर्तन हुने बताए । उनले मधेसी मोर्चासँग अहिले भइरहेको वार्ता भारतको अघोषित नाकावन्दी र मधेसको समस्या हल गर्न भएको प्रष्ट पारे ।

‘अहिले सरकार परिर्वतनको सम्भावना छैन । सरकार सञ्चालन संयन्त्रको संयोजकको नाताले म आफैं मधेसको समस्या तथा नाकावन्दी तत्काल हाल गर्न संक्रिय छु,’ उनले भने । दाहालले सरकारले गति लिन भने नसकेको स्वीकार गरे ।

दाहालले प्रदेशको सीमांकनबारे राजनितिक संयन्त्र वनाएर अघि वढ्न मधेसी मोर्चा सकारात्मक देखिएको बताए । समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणका लागि भने संविधान संशोधन गरिने उनले बताए ।