मन्त्रीको सङ्ख्या बढाइएकामा कांग्रेसको विरोध

nepali-Congress-flag_20110409091641[1]nepali-Congress-flag_20110409091641[1]काठमाडौँ- सत्ता एवम् प्रतिपक्षी दलका नेताले मन्त्रालय टुक्रयाएर मन्त्रीको सङ्ख्या बढाइनु भूकम्पपीडितमाथिको असंवेदनशीलताको पराकाष्ठा भएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भूकम्पपीडित जाडाले कठ्याङ्ग्रिएर मरेका बेला सरकार संविधान मिचेर मन्त्रीको सङ्ख्या बढाउन लागिपरेको आरोप लगाउनुभयो ।

‘जनता अभाव र कालाबजारियाको चपेटामा परेका बेला सरकार असंवेदनशील रुपमा प्रस्तुत भएको छ, सरकार जनतालाई अप्ठ्यारो अवस्थामा चाहिने भए पनि सरकारले त्यसअनुसार भूमिका निर्वाह गर्न सकेन,’ जोशीले भन्नुभयो ।

आइतबारको संसद् बैठकमा सरकारको असंवेदनशीलतका विषयमा आवाज उठाउने तयारीमा कांग्रेस लागेको जानकारी पनि उहाँले गराउनुभयो ।