को-को बन्दैछन् मन्त्री ?

ek nath dhakalकाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन् ।

परिवार दलबाट एकनाथ ढकाल, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीका शिवलाल थापा मन्त्री हुँदैछन् ।

राप्रपाबाट मन्त्री हुनेको टुंगो लागेको छैन । संसदीय दलका नेता दीपक बोहोराले आफ्नो नाम पठाएलगत्तै विवाद भएको छ ।

राप्रपामा विवाद भएपछि प्रधानमन्त्री ओलीले नेतात्रय लोकेन्द्रबहादुर चन्द, पशुपतिशमसेर जबरा र प्रकाशचन्द्र लोहनीलाई पत्र काटेका छन् ।

प्रधानमन्त्रीसँग शान्ति तथा पुननिर्माण, सहरी विकास र श्रम मन्त्रालयमात्रै बाँकी छन् ।

स्रोतका अनुसार बिहीबार नै बस्ने मन्त्रिपरिषद् बैठकले विपत् व्यवस्थापन मन्त्रालय थप्ने सम्भावना छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पनि अलग अलग गर्ने तयारी भएको छ ।