मधेसी मोर्चासँगको वार्ता सहमति नजिक : अध्यक्ष दाहाल

prachanda

काठमाडौँ- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता सहमतिको नजिक पुगेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मङ्गलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सीमाङ्कन सच्याउनका लागि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई विवादित जिल्ला भन्ने कि नभन्ने भन्ने विषयमा मात्रै सहमति हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले आफ्नो पार्टी ती जिल्लालाई विवादित जिल्लाको रुपमा मान्न तयार भए पनि अन्य प्रमुख दलले अझै निर्णय गर्न नसकेको कारण समस्या भइरहेको बताउनुभयो ।

मधेसका मुद्दा सबैभन्दा पहिलो आफ्नो पार्टीले उठाएको र अहिलेका अधिकांश मुद्दा पनि आफूहरुकै रहेको उहाँको भनाइ थियो ।