काठमाडौं– एमाले पोलिटब्यूरो सदस्य नेपालले प्रधानमन्त्रीका प्रतिबद्धताहरु विस्तारै व्यङ्ग्यतिर उन्मुख रहेको बताएका छन् ।
फेसबुकबाटै पत्र लेख्दै मंगलबार बिहान उनले भनेका छन्, ‘प्रधानमन्त्री बन्नुअघि तपाईंले सरोकारवालाई दिनुभएका वचनको परिपालना हुने सम्भावना टरेको देखेपछि तिनका दृष्टिमा तपाईं सुशील कोइराला भइरहनुभएको छ ।’
नेपालले लोडसेडिङको प्रतिबद्धता पूरा गर्न कठीन भए पनि मन्त्रिपरिषदको पहिलो बैठकले निर्णय गरेको झोलुङ्गे पुल निर्माणको वचन पूरा गर्न सम्भव रहेको बताएका छन् ।
नेपाल ओलीसँगै एकैपटक पार्टी केन्द्रीय सदस्य भएका थिए । लामो समय माधव नेपाल निकट रहेका प्रदीप नवौं महाधिवेशनपछि ओली खेमामा छन् ।






