काठमाडौं- अख्तियारले साना कर्मचारीलाई मात्र छानबिनको दायरामा ल्याएको भन्दै आलोचना भएपछि राजनीतिक दल र उच्च अधिकारीलाई अकुत सम्पत्ति छानबिनमा तानेको छ ।
अख्तियारले छानबिनका लागि बोलाएका केहीको नाम भने नियोजित हुन सक्ने अनुमान गरिएको छ । अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आशंकामा १२ पूर्वमन्त्री र तीन बहालवाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ ।
अख्तियारले सबै बैंकलाई ती २९ जना सबैको बैंक लकर आइतबारसम्म बन्द गर्न निर्देशन दिएको छ ।
अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले शुक्रबार सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई आयोगको कार्यकक्षमा बोलाई उनीहरूको बैंक लकर बन्द गर्न निर्देशन दिएको बताइएको छ । सबैको बैंक खाता रोक्कालगायतका कारबाही गर्न आइतबार नै अख्तियारबाट पत्र आउने सम्भावना रहेको जानकारी बैंकका उच्च अधिकारीले दिएका छन् ।
प्रमुख आयुक्त कार्कीले बैंक लकर बन्द गर्न निर्देशन दिनुअघि राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसँग समेत यो प्रकरणमा छलफल गरेको जानकारी स्रोतले दिएको छ ।
अख्तियारले बैंक लकर बन्द गरेका व्यक्तिहरू
विद्याधर मल्लिक, पूर्वमन्त्री
रामकुमार श्रेष्ठ, पूर्वमन्त्री
छविराज पन्त, पूर्वमन्त्री
शंकर कोइराला, पूर्वमन्त्री
उमाकान्त झा, पूर्वमन्त्री
टेकबहादुर थापा घर्ती, पूर्वमन्त्री
कृष्णबहादुर महरा, पूर्वमन्त्री
भोजराज घिमिरे, पूर्वमुख्यसचिव एवं पूर्वराजदूत
ल्हारक्याल लामा, पूर्वमन्त्री
रवीन्द्रप्रताप शाह, पूर्व आईजीपी
वंशीधर मिश्र, पूर्वमन्त्री
सुरेन्द्र पाण्डे, पूर्वमन्त्री
राजेन्द्र पाण्डे, पूर्वमन्त्री
इच्छाराज तामाङ, सांसद एवं व्यवसायी
जनार्दन ढकाल, सांसद
उमेश श्रेष्ठ, सांसद एवं निजी स्कूलका मालिक
राजकुमार अग्रवाल, व्यवसायी
विक्रम पाण्डे, सांसद एवं निर्माण व्यवसायी
गिता राणा, सांसद एवं निजी स्कूलका मालिक
बाबुराम पोखरेल, सांसद एवं निजी स्कूलका मालिक
कनकमणि दीक्षित, साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक
निलम केसी खड्का, पूर्वमन्त्री
विजयलाल कायस्थ, डीआईजी
राजेन्द्रसिंह भण्डारी, एआईजी
उत्तमकुमार भट्टराई, सचिव कृषि मन्त्रालय
शान्तबहादुर श्रेष्ठ, सचिव स्वास्थ्य मन्त्रालय
अनुपकुमार उपाध्याय, सचिव सिँचाइ मन्त्रालय
गोपालबहादुर खडका, कार्यकारी निर्देशक, आयल निगम
विजय पौडेल, एमालेका पूर्व सांसद






