लण्डन । मुश्लीम समुदायको अधिकारका लागि लडिरहेको इश्लामिक अतिवादी संगठन इश्लामिक स्टेट आइएसआइएसले एक साता भित्रै बेलायतमा आतंकवादी हमलाको योजना बनाएको सुरक्षाविद्हरुले दावी गरेका छन् ।
सिरिया र इराकको केही भाग कब्जामा लिएर पश्चिमा मुलुकमा आतंक मच्चाइरहेको आईएसले बेलायत आक्रमण गर्ने बनाएको छ । यूरोपियन सुरक्षा एजेन्सीले बेलायत आइएसआइएसको अर्को आक्रमणको केन्द्र हुन सक्ने बताएको छ ।
भर्खरै फ्रान्सको राजधानी पेरिसमा आक्रमण गरी १३२ जनाको ज्यान लिएको आइएसले भनेको छ- ‘अब यो अभियान बेलायत ,भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार हुनेछ । हाम्रो पहिलो आक्रमण बेलायत बाट सुरु हुनेछ ।’
बेलायतमा जन्मिएका जेहादी सिरिया पुगेर आइएसआइएसमा आवद्ध भई बेलायतमा पेरिसको जस्तै आक्रमणको योजना बनाइरहेको दावी गर्दै डेली मेल अनलाइनले समाचार प्रकाशन गरेको छ ।
सीएनएनका आतंक विश्लेषक पउल क्रुकस्याङ्कले चेतावनी दिदैँ भनेका छन, ‘एक बरिष्ठ युरोपेली आतंकवादी अधिकारीले बताए अनुसार आइएसआइएसले एक साता भित्रै बेलायतमा आतंकवादी हमलाको योजना बनाएको छ ।’







