एनआरएन युकेले मिस नेपाल सुबिन लिम्बुलाई लण्डनमा सम्मान

एनआरएन युकेले मिस नेपाल सुबिन लिम्बुलाई लण्डनमा सम्मान गरेको छ ।आइतबार हन्स्ल्वोस्थित काठमान्डौ जोन रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी लिम्बुलाई सम्मान गरिएको हो ।त्यसक्रममा मिस नेपाल लिम्बूलाई एनआरएन युके अध्यक्ष महेन्द्र कंडेल लगायतले प्रसंशापत्रका साथ खादा ओढाएका थिए ।मिस नेपालका रूपमा लिम्बुले नेपाली संस्कृतिको संरक्षण र नेपालीहरुबीचको सद्भाव बढाउने काममा योगदान पुर्याएको भन्दै सम्मान गरिएको एनआरएनले जनाएको छ ।कार्यक्रम मा एनआरएन युकेका उपाध्यक्षहरु सुर्य नेम्वाङ, हिराधन राई, महसचिब आर के त्रिपाठी , कोषाध्यक्ष ठाकुर शर्मा,शांति थापा लगायत का पधादिकारी सहित झन्डै चार दर्जन सहभागी थिए ।दुई साता अघि लण्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगितामा भाग लिन लण्डन आएकी लिम्बू अर्को साता नेपाल फर्किदैछिन ।बेलायतमै बस्ने आफ्ना भूपू गोर्खा बाबु आमा संगै अहिले बेलायतमा रहेकी उनलाई यहाँका अन्य संघ संस्थाले पनि आमन्त्रण गर्ने र सम्मान गर्ने गरिरहेका छन ।