दाहालद्वारा भट्टराई, वैद्यसहित पार्टी छाडेकालाई फर्कन आहृवान

prachandaकाठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी त्याग गरेका नेताहरुलाई पुनः फर्कन आहृवान गरेका छन् ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकबाट दाहालले पार्टीमा फर्कन आहृवान गरेका हुन् । बैठकमा दाहालले वर्तमान राजनीतिक अवस्थाको र पार्टीको भावी कार्यदिशाका विषय समेटिएको २७ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

दाहालले राजनीतिक विषयलाई राजनीतिक तवरले र अन्य प्राविधिक तथा विवादका विषयलाई समग्र राजनीतिक सहमतिका आधारमा मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले विभिन्न कालखण्डमा पार्टी छाडेका र छुट्टै पार्टी बनाएका मोहन वैद्य, मणि थापा, मातृका यादवलगायतका विभिन्न माओवादी घटकलाई पार्टी एकताका लागि समेत आग्रह गरेका हुन् ।

संविधान जारी भइसकेको अवस्थामा त्यसबाट प्राप्त भएका प्रगतिशील र परिवर्तको मूल्य र मान्यतालाई आत्मसात् गर्दै भावी सङ्घर्षमा जुट्नेसमेत राजनीतिक प्रतिवेदनमा समेटिएको छ ।