फेल भएपछि चारजना छात्राले महाकालीमा हाम फाले

कैलाली, ३० चैत्र । कक्षा ६ र ७ को परीक्षामा अनुत्तीर्ण भएको झोँकमा चारजना छात्राले महाकाली नदीमा हाम फालेका छन् । दार्चुलाको दत्तु गाविसस्थित राष्ट्रिय उच्चमाविमा अध्ययनरत उनीहरु नदीमा हाम फालेसँगै बेपत्ता भएका छन् । बेपत्ता भएका छात्राहरुमा दत्तु गाविस–३ की १५ वर्षीया पूजा कोली, १४ वर्षीया ममता चुनारा, १२ वर्षीया नितु लुहार र दत्तु गाविसकै वडा नम्बर–२ की ममता चुनारा रहेका छन् ।
परीक्षामा अनुत्तीर्ण भएपछि उनीहरुले नदीमा हाम फालेको प्रहरीले जनाएको छ । सोमबार बिहान ८ बजेतिर नदीमा हाम फालेका चारैजनाको खोजीकार्य जारी रहेको सुदूरपश्चिम क्षेत्रय प्रहरी कार्यालयले जनाएको छ ।