इन्धनमा भइरहेको कालोबजारी रोक्न अख्तियारको निर्देशन

ciaa nepalकाठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धनमा भइरहेको कालोबजारी रोक्न निर्देशन दिएको छ ।

आयोगले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरीका अधिकारीलगायतलाई आयोगमा बोलाएर इन्धनमा भइरहेको कालोबजारी तुरुन्त रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बजारमा इन्धनको खुलारुपमा कालोबजारी भइरहेपनि सम्बन्धित निकायले त्यसमा ध्यान नदिएकाले आयोगले ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

आयोगले कालोबजारी रोक्न प्रभावकारी कदम नचाले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।