सुतेकै ठाउँमा नेपालीको निधन

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका खोटाङका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । जिल्लाको उत्तरी गाविस खार्मी वडा नं ५ का २० वर्षीय सञ्जीप राईको शनिबार राति सुतेकै ठाउँमा ज्यान गएको हो । बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही ठाउँमा कार्यरत तुलाराम तामाङले जानकारी दिनुभयो ।
दस महिनाअघि मलेसिया पुगेका राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । मलेसियाको जोहरबारुस्थित इलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई काठमाडौँको मोडेल इन्टरप्राइजेज कम्पनीबाट गत चैतमा मलेसिया पुगेका थिए । उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न बाँकी रहेको आफन्तले जनाएको छ ।