विप्लव माओवादीको आहृवानमा भएको बन्दको आंशिक प्रभाव

bandhaकाठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ ।

भारतले जारी राखेको नाकाबन्दीको विरोधमा आह्वान गरिएको बन्दका कारण उपत्यकामा कम मात्रामा सवारीसाधन चलेका छन् । विहानैदेखि चोकचोकमा बसेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाले अहिलेसम्म कुनै घटना हुन नपाएको बताइएको छ ।

सवारी व्यवस्था चुस्त रहेको तर सडकमा सवारी चाप अत्यन्तै न्युन रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बन्दकर्ताहरु पनि सडकमा नदेखिएकाले आवत्जावतमा कुनै समस्या नभएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

आजको वन्दमा गाडी तोडफोड गर्ने कुनै कार्यक्रम नभएको नेकपा माओवादीका प्रबक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।