सन्नी लियोनी दोस्रोपटक नेपालमा

sunny

काठमाडौं- बलिउड अभिनेत्री सन्नी लियोनी दोस्रोपटक नेपाल आएकी छन् ।

आधिकारिक ट्विटर ह्यान्डलमा पति डेनियल वेबरसँगको फोटो सेयर गर्दै नेपाल आउने बताएकी थिइन् । उनको कार्यक्रमबारे भने सार्वजनिक गरिएको छैन ।

त्यसो त, मंसिर ११ गतेका लागि एक फेसन सोमा भाग लिने बताइएको थियो । तर, आयोजकका अनुसार नेपालीहरुमा भारत विरोधी संवेदना बढेकाले सन्नीलाई ल्याउने कार्यक्रम रद्द गरिएको थियो ।