काठमाडौं : भारतीय सीमा सुरक्षा बलले नेपालमा पसेर नेपाली नागरिकमाथि गोली हानेको विरोधमा प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलासहित विरोधमा उत्रेका अनेरास्ववियुका विद्यार्थीहरुमाथि प्रहरीले लाठी बर्साएको हो ।






