लण्डन ।
लण्डनको वीलवीचमा लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र गायिका रमिला न्यौपानेको आइतबार स्थानीय लोटस क्लब (१६ बरेज रोड) मा दिपावली लोक संस्कृति सांझ सम्पन्न भएको छ ।
कार्यक्रममा हालै नेपालबाट बेलायत आएका लोक गायिका रमिला न्यौपाने र लोक गाएक कुलेन्द्र बिश्वकर्माले विभिन्न लोक तथा दोहोरी गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री ,लोक गायिका रमिला न्यौपाने ,लोक गाएक कुलेन्द्र बिश्वकर्मा ,बिनोद ज्ञावलि,डासु राम पान्डे , फडिन्द्र भट्टराई, लगायतलाई सम्मान गरिएको थियो ।
दिपावली लोक संस्कृति सांझ नाम दिइएको सो कार्यक्रममा डिजे हेम बिस्टको विसेश आकर्षण हुनुका साथै कार्यक्रममा स्थानीय क्षेत्रमा बस्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेकोआयोजक प्रकाश कण्डेलले बताए ।
कार्यक्रम मन्जु भण्डारी खरेलले सञ्चालन गरेकी थिइन ।
https://youtu.be/uRvyR08b6tA







