काठमाडौं- संघीय समाजवादी फोरमले सप्तरीमा सरकारले आन्दोलनकारीमाथि दमन गरेको आरोप लगाएको छ । उसले सरकार नै वार्ता बिथोल्न सक्रिय भएको आरोप लगाएको छ ।
सप्तरिमा प्रहरीको गोलीले दुई प्रदर्शनकारीको मृत्यु भएको घटनालाई लिएर फोरमले भनेको छ, ‘वार्ताको नाटक गरि जनतामा भ्रम सिर्जना गर्ने अनि अर्कोतिर जनतामाथि दमन गर्ने सरकारको दोहोरो चरित्रको फोरम नेपाल भर्त्सना गर्दछ ।’
मोर्चाको निर्णयअनुसार राजमार्गमा शान्तिपूर्ण धर्नामा बसेका मानिसहरुमाथि मध्यराति प्रहरीले गोली चलाएको दावी फोरमले गरेको छ ।







