काठमाडौं- औषधिका गाडीलाई नरोक्ने मधेसी मोर्चाको घोषणा २४ घण्टा पनि टिकेन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि भित्र्याउन दिइने निर्णय गरेको केही घन्टा नबित्दै वीरगन्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ । ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मोर्चाको बिहीबार अपराह्न औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए ।
राति करिब १ बजे मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको ट्रकका पर्साका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताए ।






