जोनसनले लिए क्रिकेटबाट सन्यास

Australia's Mitchell Johnson gives a thumbs up to supporters after winning the second Ashes cricket test against England at the Adelaide Oval December 9, 2013. Australia captured England's four remaining wickets before lunch to close out an emphatic 218-run victory in the second Ashes test on Monday. REUTERS/David Gray (AUSTRALIA - Tags: SPORT CRICKET) - RTX16AFF

काठमाडौं १ मंसिर, । अष्ट्रेलियाका फास्ट बलर मिचेल जोनसनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

पर्थमा जारी न्यूजिल्याण्डविरुद्धको दोस्रो टेष्ट नै उनको करियरको अन्तिम अन्तराष्ट्रिय क्रिकेट हुनेछ । ‘गुडवाइ भन्ने यो नै उपयुक्त समय हो’ जोनसनले भने, मैले देशका लागि खेल्दा हरेक क्षण आनन्द लिएँ ।’

३४ वर्षका जोनसनले अष्ट्रेलियाको चौथो सर्वाधिक विकेट टेकरका रुपमा मैदान छाड्दैछन् । उनले ७७ टेष्टमा ३११ विकेट लिएका छन् ।

टेष्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २०१४ मा दक्षिण अफि्रकाविरुद्धको टेष्टमा १२-१२७ हो, जुन खेल अष्ट्रेलियाले जितेको थियो । आफ्नो टोलीले हार्दा उनले २००८ मा दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा ६१ रन दिएर ८ विकेट लिएका थिए ।

उनले १५३ वन डे र ३० टी-२० पनि खेलेका छन् । वन डेमा उनले २३९ विकेट लिएका छन् भने टी-२० मा ३८ विकेट उनको नाममा छ ।