सञ्चारीका अध्यक्षलाई महिला संघको सम्मान

2गुल्मी ११ पौष । पत्रकारीतामार्फत राष्ट्रिय स्तरमा गुल्मेली महिलाको प्रतिष्ठा कायम गरेको भन्दै नेपाल महिला संघ गुल्मीले सञ्चारीका समुह गुल्मीका अध्यक्ष तथा पत्रकार गगनशीला खड्कालाई सम्मान गरेको छ ।

loksewa 2खड्काले जिल्लामा महिला भएर पनि जुझारु पत्रकारको रुपमा प्रगती गरेर जिल्लाको शिर उँचो राख्न सफल भएको भन्दै संघले सम्मान गरेको हो । गुल्मीलाई पत्रकारीताको क्षेत्रमा चिनाउन सफल भएको भन्दै आफ्नो तेश्रो जिल्ला अधिबेशनको अवसर पारेर संघले खड्कालाई सम्मान गरेको हो ।

wami 1खड्काले देशभरीका १ सय ५० वटा रेडियोको प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भई नेपाली रेडियो क्षेत्रकै सर्वाधिक राशिको रेडियो कान्तिपुर पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुन सफल हुनुभएको थियो । सञ्चार क्षेत्रमा क्रियाशिल रही योगदान पु¥याएवापत बरिष्ठ व्यक्तीहरुलाई प्रदान गरिने प्रतिष्ठित र महत्वपुर्ण पुुरस्कार बाट पुरस्कृत हुन सफल भएको भन्दै खड्कालाई गुल्मी क्षेत्र नं १ सभाषद कृष्ण बहादुर छन्तेल, नेपाली काँग्रेस गुल्मीका सभापति चन्द्र केसी र नेपाल महिला संघ गुल्मीका सभापति विष्णु कुमारी सापकोटाले सम्मानपत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।1

 

 

 

 

 

 

 

विगत आठ बर्षदेखी गुल्मी जिल्लामा पहिलो पत्रकार महिलाको रुपमा क्रियाशिल खड्काले पाएको पुरस्कारले गुल्मेली महिलाहरुको शिर उचो स्थानमा पु¥याउन सफल भएको नेपाल महिला संघ गुल्मीकी सभापति विष्णु कुमारी सापकोटाले बताउनुभयो । उहाँले महिलाहरु जोखिम पेशामा लागेर त्यही अनुसार काम गर्न सक्दैनन् भन्ने मान्यतालाई खड्काले तोड्न सफल भएको बताउनुभयो । चुनौतीका विच जसरी आफ्नो जोखिमपुर्ण पेशाामा पनि व्यवसायिक सफलता हात परेको छ त्यसरी नै आगामी दिनमा निरन्तर सफलताको सिढी चढ्न सापकोटाले शुभकामना समेत दिनुभयो । खड्का प्रेस चौतारी नेपालकी केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

Radio Kantipur

paper