नेपाली जनता फ्रान्सेली जनताको साथमा : राष्ट्रपति भण्डारी

काठमाडौं, कात्तिक २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति फ्रान्समा भएको आतंकवादी हमलाको भत्सर्ना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनका समकक्षी फ्रान्स्वाँ ओलान्दलाई सन्देश पठाइ शोकको यस घडीमा नेपाल सरकार र नेपाली जनता फ्रान्स सरकार र फ्रान्सेली जनताको साथमा रहेको बताएकी छन् ।

फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा शुक्रबार राति दर्जनौं विस्फोट भएको थियो ।

जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रंगशाला बाहिर सबैभन्दा ठूलो विस्फोट राति ९ बजे भएको थियो । सो आक्रमणमा परी हालसम्म १२० जनाको निधन भएको छ । रासस